फास्टफुडका पारखीका लागि यसपालिको दशैमा थप रौनक थपिने भएको छ । संसारभर स्वाद चखाएको फास्टफुड रेस्टुरेन्ट चेन रहेको केएफसी र पिज्जा हट नेपाल छिर्न लागेको हो ।
दरबारमार्गको अन्नपूर्ण कम्प्लेक्समा यी बहुराष्ट्रिय स्वाद पाइनेछ । ‘यी दुई रेस्टुरेन्ट कम्प्लेक्सको पहिलो र दोस्रो तलामा रहनेछन्,’ रेस्टुरेन्ट खोलिने सम्बद्ध एक अधिकारीले भने ।
यी दुई कम्पनीलाई नेपालमा आरजेकर्पसले नेपाल भित्र्याउँदैछ । कर्पस नेपालमा पेप्सिकोलाको उत्पादन गरिरहेको बरुण वेभरेजको लगानीकर्ता हो । भारतमा पनि केएफसी र पिज्जा हटको जे कर्पस नै फ्रान्चाइज हो ।
नेपालमा पहिलोपटक भित्रिन लागेको केएफसीसँगै पिज्जा हटको स्वाद पनि नेपालीका लागि नयाँ हुनेछ । यम ब्रान्डअन्तर्गत पिज्जा हटका ९१ देशमा १२ हजार पाँच सय आउटलेट छन् । संसारको सबैभन्दा ठूलो चेन भएको यो फास्टफुडका भारतमा मात्रै ३६ सहरमा १ सय ३७ आउटलेट छन् ।
आरजे कर्पस पेप्सी कम्पनीको ठूलामध्येका एक फ्रान्चाइज हो । जसले नेपाल/भारतलगायत अपि|mकामा पेप्सीको उत्पादन एवं बिक्री वितरण गरिरहेको छ । हालै यो समूहले नेपालमा हाउजिङ व्यवसायमा पनि हात हालेको छ । धापासीमा निर्माण भइरहेको पार्क भ्यु होराइजन यसै समूहको लगानी छ ।
‘केएफसी र पिज्जाहट नेपाल आउनु स्थानीयलाई मात्र नभई पर्यटन उद्योगका लागि पनि खुसीको खबर हो,’ होटल संघ नेपालका अध्यक्ष प्रशिद्धबहादुर पाण्डेले भने, ‘पर्यटकले आफ्नो स्वाद यहाँ पनि पाउनेछन् ।’
अमेरिकाको केन्टुकी राज्यका एक जना कर्नेल हार्नल्ड स्यान्डर्सले सुरुवात गरेको केन्टकी फ्राइड चिकेनको छोटो रूप केएफसी संसारभर रुचाइएको तारेको चिकेन हो । १९५२ मा सुरु गरिएको केएफसीले सुरुमा चिकेन र सलाद स्थानीयस्तरमा बेच्थ्यो ।
कर्नेल स्यान्डर्सले सुरु गरेको यो कम्पनी अहिले तीन जना व्यवस्थापक हुँदै पेप्सी कम्पनीको हातमा आइपुगेको छ । जसलाई यम ब्रान्ड नाम दिइएको छ । विभिन्न स्वादका चिकेन बेच्दै आएको केएफसीको चिकेन पकाउने हातले लेखिएको सूत्र भने केन्टुके मुख्यालयमा गोप्य रूपमा राखिएको छ । जसको जानकारी दुई जना उच्च व्यवस्थापकलाई मात्र रहने व्यवस्था छ ।


its good
i dont know why u people should always try to modernize… by the way i didn’t like the idea of opening kfc and pizza hut in nepal…. try not to copy frm others rather try to give emphasis on your style of food and stuffs… introducing kfc and pizz hut will again harm the nepali people and that’s for sure…. kfc is rubbish…junk fooddd…..
thats why its world famous cockface
what a dumb comment, its not a copy, its international chain food company. read the history, doesnt even know what is KFC. Nepali lai jati ramro garey pani testai raicha. dont try to be like the government.
नया ९ दिन ओर पुराना १०० दिन hai.naya nepalma bidesi rastrapati aniK? bidesi khana khub chal6 ta? kati din? nepali bahadur bhaner wordma bhanine? tar timro nepalma bidesiko raj chalne? hare ram kati din ho? malai man paren hai.nepalma chef bahuut 6n pujipati pani 6n .hotelpani dherai 6n,tar naya nepalma busines garna nepali pani darau6n,kin? k?6 pizzsa hut ma ? k 6 kfc ma.sabai nepali chef banauna sak6.kin ?nepali puji pati harule newpalm a business kholdaina? BUT……………..NEPALKO HALAT THIK 6EN,YO?NETA HARUKO THULO KAMJORI HO.BIDESI COMPANY NEPALMA AUNU BHANEKO NEPALKO PAISA BIDESMA JANU HO,NEPALI KO BUDHI SANO HUN6 ,ANGREGLE BHAN6.k? SACHHO KURA HO?
LAD BHANE LADNE? MAR BHANE MARNE? TAR AFNO LAGI KEHI NAGARNE? YEHI NEPALIKO BANI HUN6,KAHILE NAJHUKNE?HOINA TA?DUNIYAKO LAGI NEPALI BAHADUR BANEKO TAR AFNO DES NEPALKO LAGI AFAI HANDICAP BANEKO 6 TYO ?BAHADUR NEPALI HOINA TA?
thnx to pizza hut and Kfc……..we can taste the food of KFC which is internationaly popular among difrent world………hav a successful busines……we should promote this kind of international chain cafe
F91T1B yfwpjnnwfgva, [url=http://yeotmdvkosuz.com/]yeotmdvkosuz[/url], [link=http://mwsrnnbzqbiu.com/]mwsrnnbzqbiu[/link], http://nizmjlewtowi.com/
lChp0R cbszamhjlnnz, [url=http://swldhzfpoahm.com/]swldhzfpoahm[/url], [link=http://yeogsbyvfkjn.com/]yeogsbyvfkjn[/link], http://hdbphwicsyqn.com/